समाज

एमबिबिएस पढ्न चाहनेलाई गाउँपालिकाले  पढाइदिने

इकागज |
जेठ १७, २०७९ मंगलबार १९:३५ बजे

बागलुङ-  तमानखोला गाउँपालिकाले एमबिबिएस पढ्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नयाँ जनप्रतिनिधि आएपछि सोमबार बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो ।    
    
गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिइने उल्लेख गरे । एमबिबिएस अध्ययन पूरा गरेपछि पाँच वर्ष गाउँपालिकाकै स्वास्थ्य संस्थामा सेवा गर्ने गरी वर्षमा एक जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको उनको भनाइ छ । त्यसबाट चिकित्सा शिक्षामा गाउँका विद्यार्थीको पहुँच र योग्य स्वास्थ्य जनशक्ति उत्पादनमा सघाउ पुग्ने गाउँपालिकाले विश्वास छ ।

 



Author

थप समाचार
x