सेयर

प्रमुख समूहगत परिसूचक ओरालो लाग्दा पनि १० अंकले मात्र घट्यो नेप्से

इकागज |
माघ ९, २०७८ आइतवार १५:२९ बजे

काठमाडौँ– प्रमुख समूहगत परिसूचक ओरालो लाग्दा आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ बिन्दूमा कारोबार बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.०१ प्रतिशत अर्थात् ०.०६ अंकले बढेको छ । शुरुदेखि नै कारोबारमा उतारचढाव देखिएको नेप्से पौने २ देखि २ बजेर ४० मिनेटसम्म ओरालो लागेको थियो । 

आइतबार बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत् र वित्त कम्पनी लगायतका समूहगत परिसूचकहरू ऋणात्मक देखिएको छ । त्यस्तै लघुवित्त र इन्भेस्टमेन्ट समूहका समूहगत परिसूचक पनि ऋणात्मक देखिएको छ । 


नेप्सेमा आइतबार कारोबार भएकामध्ये १३८ कम्पनीका सेयरधनीको सम्पत्ति घटेको छ भने ४६ कम्पनीका सेयरधनीको सेयर मूल्य बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सर्किट ब्रेकर लागेको छ । त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला हाइड्रोपावर, ग्लोबल आइएमई र ज्योति लाइफ इन्स्यारेन्सका लगानीकर्ता बढी कमाउनेमा परेका छन् । 

त्यस्तै, सामलिङ पावर कम्पनी, गुँरास फाइनान्स, बेस्ट फाइनान्स, प्रभु बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रका लगानीकर्ताले आज धेरै गुमाएका छन् । 
आज नेपाल टेलिकमको ३२ करोड १४ लाख मूल्यको २ लाख १३ हजार चार सय ३० कित्ता सेयर किनबेच भएको छ । अपि पावर, एनआइसी एसिया, शिखर इन्स्योरेन्स, ग्लोबल आइएमई बैंकको सेयर धेरै कारोबार हुने वर्गमा परेको छ । 

आइतबार दुई सय ३२ कम्पनीको ७ अर्ब ३ करोड ५ लाख रुपैयाँ मूल्यका १ करोड ४७ लाख चार हजार दुई ७७ कित्ता सेयर ८७ हजार चार सय ७८ पटकको कारोबारबाट खरिद–बिक्री भएको छ । 
 


Author

थप समाचार
x