सेयर

अलिबाबाको सेयरमा उछाल

इकागज |
चैत १५, २०७९ बुधबार १४:१२ बजे

काठमाडौँ- कम्पनी विभाजन गर्ने योजना अघि सारेपछि चिनियाँ टेक्नोलोजी जायन्ट अलिबाबाको सेयरमा विश्वव्यापीरुपमा उछार आएको छ । ६ मध्ये ५ कम्पनीले थप पूजी जुटाउन इनिसियल पब्लिक अफरिङ (आईपीओ) ल्याउने घोषणा गरेसँग अलिबाबाको सेयरमा उछाल आएको हो ।

मंगलबार न्यूयोर्कमा अलिबाबाको सेयरमा १४ प्रतिशतको वृद्धि भएको थियो । त्यसैगरी हङकङमा पनि १३ प्रतिशतले सेयरको भाउ बढेको बीबीसीले जनाएको छ ।


चीनले अलिबाबामाथि छानविन गर्ने समाचार बाहिर आएदेखि सन् २०२० देखि अमेरिकाको शेयर बजारमा सूचीकृत भएको अलिबाबाको मूल्यमा ७० प्रतिशतको गिरावट आएको थियो ।

तर कम्पनीको २४ वर्षे इतिहासमा व्यवसायलाई विभाजन गर्ने कार्य सबै भन्दा ठूलो पुनर्गठन हुने अलिबाबाले जनाएको छ । ​अलिबाबाका फाउन्डर ज्याक मा लामो समयपछि चीनमा सार्वजनिक रुपमा देखिएपछि यो समाचार बाहिर आएको हो ।


Author

थप समाचार
x