सेयर

सेयर बजार ४.९७ अंकले वृद्धि

इकागज |
माघ १८, २०७९ बुधबार १५:३९ बजे

फाइल फोटो

काठमाडौं -  साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा वृद्धि भएको छ । लगातार घटेको सेयर बजार आज नेप्से परिसुचकमा ४.९७ अंकले उकालो लागेर २११६.६५ विन्दुमा आएर रोकीएको छ । 

मंगलबार नेप्से परिसुचकमा १५.७४ अंकले ओरालो लागेकोे थियो । सोही दिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो । नेप्से परिसुचका अनुसार ११० कम्पनीमा उकालो लागेको छन  भने ९३ कम्पनी ओरालो लागेका छन् । साथै १३ कम्पनीको अवस्था स्थीर रहेको छ । 


साथै, बुधबार २६१ कम्पनीको कारोबार भएकोमा ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भएको छ । सो क्रममा १ अर्ब ७६ भन्दा बढी रुपैयाँको कारोबार भएको छ । 

यस्तै, नवील बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब ६ करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, रिडी पावर कम्पनीको ४ करोड ९२ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै, आदर्श लघुवित्त बित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । आजका १३ उपसुचकहरु मध्ये ५ कम्पनी बाहेको सबै उपसुचकहरुमा वृद्धि भएको छ । 

 


Author

थप समाचार
x