सेयर

सेयर बजार १० अंकले बढ्दा तीन अर्ब ४६ करोडको कारोबार

इकागज |
माघ ११, २०७९ बुधबार १६:१२ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । आज बजार १०.३७ अंकले बढेको हो । बजार मंगलबार ८ अंकले बढेकव बजार आज १० अंकले बढेर बन्द भएको छ । बजार बढेसँगै परिसूचक २१८३.६२ मा उक्लिएको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स भने ०.३१ अंकले घटेको छ। १.३० अंकको गिरावटसँगै सेन्सेटीभ इन्डेक्स ४१४.२४ मा झरेको छ।

उप-सूचक समूहतर्फ बैंकिङ समूह ०.५३ प्रतिशत, फाइनान्स समूह ०.०१ प्रतिशत तथा अन्य सूचक १.५० प्रतिशत घट्दा बाँकी समूह बढेको छ।


कारोबारतर्फ ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको ९५ लाख ३२ हजार ८७६ कित्ता सेयर ५४ हजार ३७७ पटकमा खरिद बिक्री भएको छ।

बजार दोहोरो अंकले बढ्दा कारोबार भएका १५९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ कम्पनीको सेयर मूल्य घटेको छ ।

ग्रीन लाइफ हाइड्रो, आदर्श लघुवित्त, सानीमा जिआइसी इन्स्योरेन्स, सूर्य ज्योती लाइफ इन्स्योरेन्स, बलेफी हाइड्रोपावर लगायतको सेयर उच्च कमाउने कम्पनीमा परेका छन् ।


Author

थप समाचार
x