सेयर

साताको सुरुवाती कारोबारमा नेप्से १३ अंकले गिरावट

इकागज |
माघ ९, २०७९ सोमवार १५:१६ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबारको कारोबारमा गिरावट आएको छ। सोमबारको कारोबारमा बजार १३.७१ अंकले घटेको हो। साताको पहिलो कारोबारमा बजार तीव्र उतारचढावकाबीच अन्त्यमा घट्न पुग्यो।  आइतबार ल्होसार परेका कारण बजार बन्द रह्यो।

१३ अंकले घटेसँगै बजार परिसूचक २१६५.१० अंकमा झरेको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.४९ प्रतिशतले घट्दा ४१३.०१ मा झरेको छ।


यस्तै उप-सूचक तर्फ बैंकिङ क्षेत्र १.०८ प्रतिशत तथा म्युचुअल फण्ड ०.६६ प्रतिशतले बढ्दा बाँकी समूह सूचक राताम्मे भएका छन् ।

साताको सुरुवाती कारोबारका दिन सोमबार ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रूपैयाँ बराबरको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर ६५ हजार १९४ पटकमा खरिद बिक्री भएको छ ।

आदर्श लघुवित्त, सानीमा जिआइसी इन्स्योरेन्स तथा  कुमारी बैंकको सेयरले सर्किट लेभलमा कारोबार गरेका छन्। अन्य उच्च कमाउने कम्पनीमा  स्ट्यान्डर्ड चार्टड बैंक, समृद्धि फाइनान्स, पिपुल्स हाइड्रो लगायतका कम्पनी रहेका छन् ।

यस्तै उच्च टर्नओभर गर्ने कम्पनीमा  कुमारी बैंक,  एनआईसी एसिया बैंक, रिडी पावर कम्पनी, अपी पावर कम्पनी, एभरेष्ट बैंक लगायत रहेका छन् ।


Author

थप समाचार
x