सेयर

साताको सेयर बजार

साताभरमा २९ अंकले बढ्यो सेयर बजार, कारोबार ११ अर्ब ६८ करोड

इकागज |
माघ ७, २०७९ शनिवार १४:१६ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साता २९ अंकले बढेको छ । साताभरको कारोबारमा बजार परिसूचक २९.४२  अंकले बढेको हो। गत साताको अन्तिम कारोबार पश्चात २१४९.३९ मा रहेको परिसूचक यस साताको अन्तिम कारोबार पश्चात २१७८.८१ मा उक्लिएको छ।

आइतबार र सोमबार सरकारले सार्वजनिक बिदा दिएका कारण बन्द रहेको बजार मंगलबारदेखि खुलेको बजार साताभरमा जम्मा तीन दिनमात्रै कारोबार भएको थियो । साताको कारोबारको सुरुवात भएको मंगलबार बजार ३२ अंकले बढेको थियो । यस्तै कारोबारको तर्फ मंगलबार ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।  यस्तै बुधबार बजार भने बजार ९ अंकले घटेको थियो । साताको दोश्रो कारोबारको दिन ९.०१ अंकले घट्न पुग्यो । कारोबारतर्फ भने बुधबार झन्डैं पाँच अर्ब पुगेको थियो । सो दिनको कारोबारमा  ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।


यस्तै साताको अन्तिम कारोबारको दिन बिहीबार बजार सामान्य अंकले बढ्दै कारोबार बन्द भएको थियो । सो दिन ५.७१ अंक बढेर साताको कारोबार बन्द हुन पुग्यो। बिहीबार ३ अर्ब ४ करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।  यस साता सेन्सेटीभ इन्डेक्स ३.८० अंकले बढेको छ । यस्तै फ्लोट इन्डेक्स पनि २.०३ अंकले बढ्दा सेन्सेटीभ फ्लोट इन्डेक्स १.५० अंक बढेको छ ।

कारोबार

तीन दिनको कारोबारमा सेयर बजारमा ११ अर्ब ६८ करोड रुपैयाँबढीको सेयर खरिद बिक्री भएको छ । पहिलो कारोबारमा तीन अर्ब ७२ करोडको सेयर खरिद बिक्री हुँदा, बुधबार ४ अर्ब ९२ करोड पुगेको थियो । यस्तै साताको अन्तिम कारोबारमा ३ अर्ब ४ करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यसरी साताभरको कारोबार पश्चात समग्रमा करिब ११ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साताभरमा औषतमा ३ अर्ब ९० करोडको सेयर खरिदबिक्री भएको छ । २९ अंकले बढेको सेयर बजारसँगै यस साता बजार पुँजीकरण पनि ४२ अर्ब रुपैयाँले बढेको छ । गत साता ३१ खर्ब ३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साताको अन्तिम कारोबार पश्चात ३१ खर्ब ४५ अर्ब रुपैयाँमा उक्लिएको छ।

उप-समूहतर्फ

तीन दिन खुलेको सेयर बजारमा १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढ्दा बाँकी तीन परिसूचक भने घटेको छ। साताभर हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा बढी ७.०३ प्रतिशत बढेको छ । गत साता २५२८.४४ विन्दुमा बन्द भएको हाइड्रोपावरको सूचक यो हप्ता १७७.६३ अंकले बढेर २७०६.०७ विन्दुमा पुगेको छ । त्यसैगरी लगानी, होटल तथा पर्यटन र विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढ्दा म्युचुअल फण्ड र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।


Author

थप समाचार
x