सेयर

साताको अन्तिम कारोबारमा नेप्से ५ अंकले बढ्यो

इकागज |
माघ ५, २०७९ बिहिवार १५:१७ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन ५ अंकले बढेको छ। बिहीबार बजार परिसूचक ५.७१ अंकले बढेको हो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बन्द रहेको बजार मंगलबार ३२ अंकले बढेको थियो। यस्तै बुधबार ९ अंकले घट्दा आज बिहीबार ५.७१ अंकले उकालो लागेको हो ।

बजार उकालो लागेसँगै परिसूचक २१७८.८१ मा उक्लिएको छ। 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.२८ प्रतिशत बढेर ४१५.०५ मा उक्लिएको छ ।


समूहगत उप-सूचकतर्फ बैंकिङ क्षेत्र ०.६६ प्रतिशत, हाइड्रोपावर क्षेत्र १.०३ प्रतिशत, लगानी समूह १.७८ प्रतिशत, म्युचुअल फण्ड १.४७ प्रतिशत, निर्जीबन बीमा समूह ०.२१ प्रतिशत तथा व्यापार समूह २.६८ प्रतिशले बढेका छन् । भने बाँकी समूह सूचक घटेका छन् ।

बजार घट्दा कारोबार भएका ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै बिहीबार ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ५८ हजार ६६५ पटकको खरिदमा ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर खरिद बिक्री भएको छ।

आदर्श लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।  यस्तै  मैलुङ खोला जलविद्युत कम्पनी, नेपाल इन्फ्रास्ट्रचर बैंक, ग्रीन  भेन्चर लिमिटेड, स्वेत गंगा हाइड्रोपावर लगायतको सेयर उच्च कमाउनेमा परेका छन् ।


Author

थप समाचार
x