सेयर

नेप्से २ अंकले बढ्यो, कारोबार रकम १ अर्ब ५६ करोड

इकागज |
मंसिर १८, २०७९ आइतवार १५:१७ बजे

फाइल तस्वीर

काठमाडौँ – साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक सामान्य सुधार देखिएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.१६ अंकले बढेको हो । सुधारसँगै सेयरबजार १९६३.२२ मा उक्लिएको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.३० प्रतिशतले बढेको छ ।

बजार बढ्दा उप-समूहतर्फ ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ, फाइनान्स,विकास बैंक, तथा बैंकिङ क्षेत्र घट्न पुगेको छ।


 यस्तै २४३ कम्पनीको कारोबारमा ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको सेयर मूल्य घटेको छ। आइतबार कारोबार रकममा केही बढोत्तरी भएको छ । आज १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । जसमा २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर २६ हजार १५० पटकमा खरिद बिक्री भएको थियो ।

धौलागिरी लघुवित्त,  ओरेन्टल होटेल्स, खप्तड लघुवित्त,  युनाइडेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् ।


Author

थप समाचार
x