सेयर

साताको सुरुवातमै सेयर बजार परिसूचक ३२ अंकले बढ्यो

इकागज |
मंसिर ११, २०७९ आइतवार १५:१४ बजे

फाइल तस्वीर

काठमाडौँ- आइतबार सेयर बजार परिसूचक ३२ अंकले बढेको छ । साताको सुरुवातको दिन बजार परिसूचक ३२.४३ अंकले बढेको हो । बजार बढेसँगै सेयर बजार परिसूचक १९६५.९८ मा उक्लिएको छ।

सेयर बजार परिसूचक १.६८ प्रतिशतले बढेको छ। भने 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स १.४० अंक बढेर ३८६.२६ मा उक्लिएको छ । यस्तै उप-समूहतर्फ म्युचुअल फण्ड बाहेक अन्य समूहको सेयर मूल्य बढेको छ ।


आइतबार २ अर्ब बराबरको सेयर खरिद बिक्री भएको छ। २३३ कम्पनीको २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ४२ लाख २३ हजार ८ सय ६७ कित्ता सेयर ३१ हजार ९३ पटकमा खरिद बिक्री भएको थियो ।

डिप्रोक्स लघुवित्त, जीवन विकास लघुवित्त, कुमारी बैंक लिमिटेड, ग्रीन लाइफ हाइड्रो, नेष्डो लघुवित्त लगायतका सेयर मूल्य उच्च कमाउने गर्ने कम्पनीमा परेका छन् ।


Author

थप समाचार
x