सेयर

सेयर बजार परिसूचक ११ अंकले सुधार, कारोबार रकम ७२ करोड

इकागज |
असोज ५, २०७९ बुधवार १५:१८ बजे

काठमाडौँ- साताको सुरुवाती दुई दिन उल्लेख्य गिरावट देखिएको सेयर बजार बुधबार सुधार देखिएको छ । बुधबारको कारोबारमा सेयर बजार परिसूचक ११.२२ अंकले बढेको हो। साताको पहिलो कारोबारको दिन आइतबार तथा मंगलबारको कारोबारमा सेयर बजार ३४ तथा ३८ अंकले घटेको थियो।

११ अंकले बजार सुधार हुँदा समग्र बजार परिसूचक १८४८.८२ अंकमा उक्लिएको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स  २.०१ अंकले बढेर ३६०.८८ मा उक्लिएको छ।


दोहोरो अंकले बजार बढ्दा १२ उपसमूहको सेयर मूल्य बढेको छ। १२ वटा उप समूह बढ्दा म्युचुअल फण्ड समूह भने ०.४४ प्रतिशतले घट्न पुगेको छ।

बजार बढेपनि बुधबार कारोबार रकममा भने भारी गिरावट आएको छ । साताका अघिल्ला दुई कारोबारमा १ अर्ब माथि रहेको कारोबार बुधबार ७२ करोडमा झरेको छ । आज ७२ करोड १२ लाख ५९ हजार ८ सय ८४ रुपैयाँ बराबरको २५ लाख ३१ हजार ३ सय ७० कित्ता सेयर १९ हजार ८ सय ७९ पटकमा खरिद बिक्री भएको छ।

११ अंकले बजार बढ्दा बुधबार कारोबार भएका १ सय ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको सेयर मूल्य घटेको छ।

बढ्दो बजारमा सामलीङ पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।

 


Author

थप समाचार
x