सेयर

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन आह्वान

इकागज |
असोज २, २०७९ आइतवार ८:५० बजे

काठमाडौं - नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको छ । नियमावली संसोधन गरेपछि बोर्डले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको हो । ब्रोकर लाइसेन्स लिन ३० दिनभित्र रितपूर्वक बोर्डमा निवेदन दिनुपर्नेछ ।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संसोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालीन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । हाल ५० वटा ब्रोकरहरूले सेवा दिइरहेका छन् । अब आवेदन दिने र योग्यता पुगेका सबैलाई ब्रोकर लाइसेन्स दिने भनिएको छ ।



Author

थप समाचार
x