सेयर

सेयर बजारमा हरियाली छाउँदा २३ कम्पनीमा सकारात्मक सर्किट ब्रेक

इकागज |
असार १२, २०७९ आइतबार १५:२० बजे

काठमाडौँ- साताको पहिलो कारोबारको दिन आइतवार सेयर बजार उल्लेख्य सुधार देखिएको छ । साताको पहिलो कारोबारको दिन आज बजार परिसूचक ९५ अंकले बढेको हो। कारोबारको सुरुवात देखिनै बढ्न थालेको बजार अन्तिमसम्म कायम रहँदा हरियाली छाएको छ । गत हप्ता झन्डै १ सय १० अंकले घटेर १८६२.०६ अंकमा झरेको बजार आज ९४.९२ अंक बढेर १९५६.९८ अंकमा उक्लिएको छ ।

बजार परिसूचकमा उल्लेख्य सुधार हुँदा कारोबार रकममा पनि आज सुधार देखिएको छ। आज नेप्से परिसूचक ९४.९२ अंक अर्थात ५.१० प्रतिशतले बढेको छ। ‘क’ वर्गका कम्पनीहरूको सूचक (सेन्सेटिभ इन्डेक्स) १७.९३ अंकले बढेर ३८२.८४ विन्दुमा उक्लिएको छ ।


आइतवार २ सय ३० कम्पनीहरूको सेयर कारोबार हुँदा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रूपैयाँ बराबरको कारोबार भएको छ । ४४ हजार ३ सय ४१ पटकको खरिदबिक्रीमा ६३ लाख ६३ हजार ५ सय ९० कित्ता सेयर किनबेच भएको थियो ।

उप-समूहतर्फ आइतवार १३ ओटै समूहको सेयर मूल्य बढेको छ। जसमा बैंकिङ क्षेत्र २.६९ प्रतिशत, व्यापार ७.७९ प्रतिशत, होटेल तथा पर्यटन ५.७३ प्रतिशतले बढेका छन् ।

उल्लेख्य रूपमा बजार बढ्दा २३ ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । त्यस्तै आज सेयर मूल्य घट्नेमा अधिकांश म्यचुअल फण्ड रहेका छन् ।


Author

थप समाचार
x