सेयर

साताको सेयर बजार

सातामा २ दिन बढ्दा ४ दिन घट्याे सेयर बजार

इकागज |
असार ११, २०७९ शनिबार १८:४६ बजे

काठमाडौँ - यस साता सेयर बजार १०९ अंकले घटेको छ । आइतबारदेखि शुक्रबारसम्ममा ६ दिन खुलेको बजार २ दिन बढ्दा ४ दिन घटेको थियो । गत शुक्रबार घटेर १९७१.३९ अंकमा झरेको बजार यस साता पुन: १०९.३३ अंक घटेर १८६२.०६ मा आइपुगेको छ । साताको सुरुवातमै ३७ अंकले घटेको बजार क्रमश सोम बुध र बिहीवार घटेको थियो भने मंगलबार र शुक्रबार बढेको थियो ।

यस साता सेयर बजार खुलेको थियो । सो मध्ये तेस्रो र छैठौं कार्य दिन सेयर बजार बढेको थियो भने बाँकी दिनहरुमा घटेको थियो । जसअनुसार यो साता सेयर बजार १९ सय अंकबाट पनि तल झरेको छ भने कारोबार रकम गत साताको तुलनामा बढेको छ ।


सातामा सेयर बजार घटेर १८ सय ६२ दशमलव ६ अंकमा ओर्लिदा सेन्सिटिभ इन्डेक्स पनि ३६४ दशमलव ९० अंकमा ओर्लिएको छ । साताभर २३७ वटा कम्पनीहरुको १ लाख ७५ हजार दुई सय ८० पटकको कारोबारमा यो साता २ करोड ५१ लाख ५१ हजार ३ सय ६९ कित्ता सेयर किनबेच भएका छन् ।

यो साता पहिलो दिन कारोबारको दिन ३७ दशमलव २७ अंकले घटेर १९३४.११ झरेको सेयर बजार दोस्रो दिन पनि ४९ दशमलव ३१ अंकले घटेर १८८४ दशमलव ८१ झरेको थियो । तेस्रो कारोबारको दिनमा भने ३७ दशमलव ४९ अंकले बढेर १९२२ दशमलव ३० अंकमा माथि उक्लिएको थियो।

त्यस्तै चौंथो दिन पुन: ३१ दशमलव २१ अंकले घटेर १८९३ दशमलव ५३ अंकमा झरेको थियो । पाँचौं दिन ४५ दशमलव २५ अंकले घटेर १८४८ दशमलव २८ अंकमा झरेको सेयर बजार छैठौँ दिन भने १३ दशमलव ७८ अंकले बढेर १८६२ दशमलव ६ अंकमा पुगेर साताको बजार बन्द भएको थियो।

‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक साताको पहिलो कारोबारको दिन ७ दशमलव २९ अंक घटेर ३७३ दशमलव ८५ अंकमा, दोस्रो कारोबारको दिन ७ दशमलव ६६ अंकले घटेर ३६६ दशमलव १९ अंकमा झरेको ओर्लिएको थियो।

तेस्रो कारोबारको दिन मंगलबार भने सेन्सिटिभ इन्डेक्स ८ दशमलव १८ अंक बढेर ३७४ दशमलव ३७ उक्लिएको थियो।

मंगलबार बढेको नेप्से बुधवार ५९४ अंक घटेर ३६९ दशमलव १५ अंकमा झरेको थियो । पाँचौं दिन ७ दशमलव ६ अंक घटेर ३६२ दशमलव ९ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स छैठौँ दिन भने २ दशमलव ८१ अंकले बढेर ३६४ दशमलव ९० अंकमा उक्लिएर साताको बजार बन्द भएको थियो।

साताभर बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन डिष्टिलरीको प्रालि, नबिल बैंक, नेशनल हाइड्रो पावर कम्पनी आदिको बढी रकमका कारोबार भएका छन् भने नेपाल टेलिकम, नेशनल हाइड्रो पावर कम्पनी, नबिल बैंक, आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

गत साता  २८ खर्ब १० अर्ब २९ करोड रूपैयाँमा झरेको सेयर बजार पूँजीकरण यो साता २६ खर्ब ५४ अर्ब ८२ करोडमा झरेको छ।

उप-समूहतर्फ पनि यो साता सबै समूहको सेयर मूल्य घटेको छ ।

उप-समूह

अघिल्लो-साता

यो-साता

परिवर्तन

बैंकिङ

१४४७.५

१,३१७.४८

‍१३०.०२

व्यापार

१७०७.५९

१,५५४.५८

१५३.०१

होटेल तथा पर्यटन

२७११.४८

२,४६०.१२

२५१.३६

विकास बैंक

३६०६.७७

३,०९६.५०

५१०.२७

जलविद्युत

२४२५.७६

२,०३८.७१

३८७.०५

फाइनान्स

१५२५.७५

१,३३०.४०

१९५.३५

निर्जीवन बीमा

८५३४.६७

७,५६२.८६

९७१.८१

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ

५००६.९३

४,५६९.७९

४३७.१४

अन्य

१५३२.४२

१,३५८.१४

१७४.२८

माइक्रो फाइनान्स

४२९७.९

४,०१३.५४

२४८.३६

जीवन बीमा

९८६१.९२

८,९६८.५०

८९३.४२

म्युचुअल फण्ड

१४.७८

१३.७२

१.०६

लगानी

६७.६४

५८.५७

९.०७


Author

थप समाचार
x