सेयर

सेयर बजार १६ अंकले घट्यो, कारोबार रकममा पनि भारी गिरावट

इकागज |
जेठ ६, २०७९ शुक्रबार १५:२८ बजे

काठमाडौँ - साताको चौथो कारोबारमा सेयर बजार १६ अंकले घटेको छ। सरकारले सातामा दुई दिन बिदा दिन थालेपछि खुलेको पहिलो शुक्रबार बजार १५.८२ अंकले घट्न पुगेको हो।

बिहीबारको कारोबारमा २४ अंक घटेर २२५०.९१ अंकमा पुगेको बजार परिसूचक आजको कारोबार पश्चात १६ अंक घटेर २२३५.०९ अंकमा ओर्लिएको छ। आजको कारोबारमा नेप्से परिसूचक ०.७० प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक ०.५७ प्रतिशत अर्थात २.४७ अंकले घटेर ४३४ दशमलव ७३ अंकमा ओर्लिएको छ । 


परिसूचक

हाल

परिवर्तन

प्रतिशतमा

नेप्से

२,२३५.०९

१५.८२

०.७  

सेन्सेटिभ

४३४.७३

२.४७

०.५७  

फ्लोट

१५२.८७

०.९२

०.६  

सेन्सेटिभ फ्लोट

१३९.०१

०.६३

०.४५  

सेयर बजारमा शुक्रबारको कारोबारमा कारोबार रकममा उल्लेख्य गिरावट आएको छ। बजार परिसूचक १६ अंकले घट्दा कारोबार भएका २ सय २३ कम्पनीको सेयर कारोबारमा ९३ करोड २२ लाख बराबरको सेयर कारोबार भएको छ। आज ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँ बराबरको २५ लाख २४ हजार २ सय ६८ कित्ता सेयर १९ हजार १ सय ९ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

घट्दो बजारमा बिहीबार कारोबार भएका जम्मा ४१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३९ कम्पनीको सेयर मूल्य घटेको छ। आजको कारोबारमा बढी कमाउने कम्पनीमा सामुदायिक लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स, लक्ष्मी लघुवित्त, एनएमबि हाइब्रिड फण्ड, एनआइबीएल प्रगती फण्ड लगायतका कम्पनी रहेका छन्।

शुक्रबारको कारोबारमा तेह्रथुम पावर कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, सनराइज ब्लु चीप फण्ड लगायत बढी गुमाउने कम्पनी रहेका छन् ।

उप-समूह तर्फ शुक्रबारको कारोबारमा म्यचुअल फण्ड बाहेक सबै समूहको सेयर मूल्य घटेको छ।

उप-सूचक

हाल

परिवर्तन

प्रतिशतमा

बैंकिङ

१,५४३.७८

६.५१

०.४२  

व्यापार

१,९२९.३२

४७.०८

२.३८  

होटेल तथा पर्यटन

२,८९२.७९

७.४९

०.२६  

विकास बैंक

३,८५५.७०

३३.०२

०.८५  

जलविद्युत

२,५५७.६६

९.७४

०.३८  

फाइनान्स

१,६३१.६९

१५.३५

०.९३  

निर्जीवन बीमा

९,५४८.७७

१३९.४३

१.४४  

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ

५,३६९.३१

२१.१५

०.३९  

अन्य

१,६७४.१४

३५.१६

२.०६  

माइक्रो फाइनान्स

४,५९६.२६

१४.२४

०.३१  

जीवन बीमा

१०,९११.१३

१२२.७७

१.११  

म्युचुअल फण्ड

१५.३१

०.०७

०.४६  

लगानी

७३.१६

०.४३

०.५८  


Author

थप समाचार
x