डिफेन्स

सचिव पदमा राउत, दंगाल र निरौला सिफारिस

इकागज |
पुस २०, २०७८ मगलवार १७:२८ बजे

फाइल फाेटाे

काठमाडौँ- लोक सेवा आयोगले रिक्त एक सचिव पदमा तीन जनाको नाम सिफारिस गरेको छ ।

आयोग स्रोतका अनुसार आयोगको आज बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव कृष्णबहादुर राउत, दोस्रो नम्बरमा रामेश्वर दंगाल र तेस्रो नम्बरमा मुकुन्द निरौलालाई सिफारिस गर्ने निर्णय गरेको हो । आयोगको सिफारिसमध्ये एक जनालाई नेपाल सरकार (मन्त्रिपरिषद्) ले सचिव पदमा बढुवा गर्ने कानुनी प्रावधान छ ।


बढुवा समितिमा लोक सेवा आयोगको अध्यक्ष, सदस्य, मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन सचिव र एक जना विशेषज्ञ हुने गर्छन् । 

गत पुस १४ गते रक्षा सचिव बेगेन्द्रराज शर्मा पौडेल पदावधि सकिएर अवकाश पाएपछि एक जना सचिव पद रिक्त थियो । नेपाली कांग्रेसको महाधिवेशनमा डा. मिनेन्द्र रिजालले महामन्त्री पदमा पराजय भएपछि रक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए । लगत्तै सचिव पौडेलको अवकाश भएपछि रक्षा मन्त्रालय मन्त्री र सचिवविहीन हुन पुगेको थियो । 

लोकसेवा आयोगले सिफारिस गरेकामध्ये एकजनालाई सचिव पदमा बढुवा गरी मन्त्रिपरिषद्ले आवश्यक मन्त्रालयमा पदस्थापना गर्ने गर्छ । 
 


Author

थप समाचार
x