डिफेन्स

सुडानका युवा र विद्यार्थीलाई नेपाली सेनाद्वारा स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण

इकागज |
पुस ७, २०७८ बुधबार १६:३४ बजे

काठमाडौँ - दक्षिणी सुडानमा शान्ति सेनामा खटिएका नेपाली सेनाले स्वास्थ्य सामग्री, खेलकुदका तथा शैक्षिक सामग्री सहयोग गरेका छन् । मङ्सिर १९ गतेदेखि पुस २ गतेसम्‍म गरेको विभिन्न कार्यक्रममा शैक्षिक सामग्री लगायतका अन्य सामग्री हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ ।

सुडानस्थित यिरोलका मङ्सिर २१ गते गल्स प्राइमरी विद्यालयमका छात्रा, शिक्षक  र अभिभावकसँग अन्तक्रिया गरी ७५ जनालाई स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो । २४ गते एडियर पायनका स्थानीय बासिन्दा र प्रतिनिधिहरूको उपस्थितिमा ७० जना युवालाई खेलकुदका सामग्री सेनाले हस्तान्तरण गरेको थियो ।


त्यसैगरी यिरोलस्थित स्थानीय विद्यालयमा शिक्षक, विद्यार्थी तथा अभिभावकको उपस्थितिमा पुस १ गते सोही विद्यालयमा अध्ययनरत १०० विद्यार्थीलाई स्वास्थ्य सामग्री, खेलकुद तथा स्टेशनरीको सामाग्री वितरण गरेको हो ।

द्धन्द्धग्रस्त मुलुकमा शान्ति सेनाको रुपमा खटि सुरक्षा प्रदान गर्नुको साथै मानवीय कार्यमा सहभागी हुँदा स्थानीय समुदाय र शान्ति सैनिकहरूबीचको सम्बन्ध अझ प्रगाढ हुने नेपाली विश्‍वास गरेको छ ।

 


Author

थप समाचार
x