डिफेन्स

नेपाली सेना र अमेरिकी सेनाबीच सम्वाद

इकागज |
चैत १५, २०७९ बुधबार २२:१ बजे

फाइल फोटो

काठमाडौं - नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच चौथो संस्करणको स्थल सेनासम्बन्धी द्विपक्षीय संवाद सम्पन्न भएको छ ।

यही चैत १३ देखि आजसम्म भएको उक्त संवाद मानवीय सहायता तथा विपद् उद्धार, शान्ति कार्य सञ्चालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा पूर्ववत् सहयोगलाई निरन्तरता दिने विषयमा केन्द्रित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


अमेरिकी सेनाको तर्फबाट एसिया प्यासिफिक कमाण्डका उपप्रमुख मेजर जनरल क्रिस्टोफर स्मिथ र नेपाली सेनाको तर्फबाट उपरथी अशोकराज सिग्देलले नेतृत्व गरेका थिए । संवादमा नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिसहित १४ र अमेरिकी टोलीका २२ जनाको सहभागिता थियो ।

 यसैबीच, प्रधानसेनापति प्रभुराम शर्मासँग अमेरिकी टोली प्रमुख स्मिथले भेटवार्ता गरेको सेनाले जानकारी दिएको छ । उक्त वार्ता र संवादले नेपाल–अमेरिकाबीच रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
 


Author

थप समाचार
x