डिफेन्स

सेना दिवसमा तीन पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’

इकागज |
फागुन ६, २०७९ शनिबार १७:२१ बजे

काठमाडौँ - नेपाली सेनाले राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ सम्पादक विष्णुप्रसाद नेपालसहित तीन जना पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ ।

सेनाको दुई सय ६०औँ स्थापना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उनीहरूलाई उक्त पदक प्रदान गरेका हुन् । प्रधानसेनापति प्रशंसा पदक प्राप्त गर्नेमा प्रख्यात सञ्चारमाध्यम अल जजिरा सञ्चारमाध्यमका नेपाल प्रतिनिधि विष्णुप्रसाद घिमिरे (कल्पित) र पर्दाफास डटकम अनलाइनका संस्थापक दीपक खरेल छन् ।


पछिल्ला वर्ष सेनाले समाजको विभिन्न विधामा विशिष्ठ योगदान पुर्याउने महानुभावलाई सेना दिवसका अवसरमा प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्दै आएको छ ।


Author

थप समाचार
x