डिफेन्स

प्रधानसेनापति शर्मासँग चीनका राजदूतको भेट

इकागज |
माघ २६, २०७९ बिहीबार १९:५६ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका  राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् । 

सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा उनीहरुबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । 


सेनाले यस्ता भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । 


Author

थप समाचार
x