डिफेन्स

भारतीय सेनाध्यक्ष पाण्डे आज प्रधानमन्त्रीसँग भेट्दै, त्यसअघि माउन्टेन फ्लाइट गर्ने

इकागज |
भदौ २१, २०७९ मंगलबार ६:४९ बजे

काठमाडौं - भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दैछन् । अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

पाँच दिने भ्रमणका क्रममा पाण्डेले त्यसअघि आज बिहान माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।


आज साँझ उनी  पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ । पाण्डेलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।


Author

थप समाचार
x