डिफेन्स

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याइने

इकागज |
जेठ १०, २०७९ मंगलबार १८:२९ बजे

काठमाडौँ - सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेनाको व्यावसायिक दक्षताको अभिवृद्धि गरिने पनि उल्लेख गरिन् । 

सुरक्षा तथा विकासका लागि आवश्यक विष्फोटक पदार्थ, गोली गठ्ठा, लत्ताकपडालगायतको सामग्री उत्पादन गर्ने कारखानाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सरकारको छ । 


`सुरक्षा तथा विकासका लागि आवश्यक विष्फोटक पदार्थ, गोली गठ्ठा, लत्ताकपडालगायतको सामग्री उत्तादन गर्ने कारखाको क्षमता अभिवृद्धि गरी त्यस्ता सामग्रीमा आत्मनिर्भर हुँदै जाने नीति लिइनेछ`, राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ । 

यस्तै नेपाली सेनाको सकल दर्जाका लागि न्यूनतम सुविधासहितको आवास निर्माणलाई निरन्तरता दिइने जनाइएको छ । 
 


Author

थप समाचार
x