सूचना-प्रवधि

एलन मस्कले किने ४४ अर्ब डलरमा ट्‍वीटर

इकागज |
बैशाख १३, २०७९ मंगलबार ७:४६ बजे

फाइल तस्बिर

न्युयोर्क- अन्ततः सामाजिक सञ्जाल ट्‍वीटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । माइक्रोब्लगिङ साइटले विगत केही सातादेखि मस्कको प्रस्तावको मूल्यांकन गरेको थियो ।

मस्कले केही साताअघि ट्‍वीटरका ‘डरलाग्दा सम्भावनाहरू’ भएको बताएका थिए । उनले नक्कली खाताहरू बन्द गर्नेदेखि धेरै परिवर्तनहरूको लागि पनि आह्वान गरेका छन् ।


फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वको सबैभन्दा धनाढ्य हुन् । उनको २७३ दशमलब ६ अर्ब डलर सम्पत्ति छ । विद्युतीय सवारी निर्माता टेस्लाका सीइओसमेत रहेका मस्क एरोस्पेस फर्म स्पेस एक्सको नेतृत्व गर्छन् । एजेन्सी


Author

थप समाचार
x