सूचना-प्रवधि

ह्वाट्सएपमार्फत् झुटा समाचार

इकागज |
चैत २४, २०७८ १६:३२ बजे

फाइल फोटो

झुटा कुरा फैलाउनका लागि ह्वाट्सएप जस्तो सजिलो सामाजिक सञ्जाल सायद अर्को छैन। ह्वाट्सएप गोप्य छ र निःशुल्क पनि छ तर यस्ता सुविधाका आफ्नै नकारात्मक पक्ष पनि छन्। ह्वाट्सएपमा भएको ‘एन्ड–टु–एन्ड इन्क्रिप्सन’ सुरक्षाका दृष्टिकोणले राम्रो भए पनि यसै प्रणालीका मार्फत झुट कसरी सम्प्रेषण भइरहेको छ भन्ने थाहा पाउन बाहिरी सरोकारवाला निकायको कुरै छाड्म ह्वाट्सएप आफैँलाई हम्मेहम्मे परेको छ। ह्वाट्सएपको सञ्जाल विशाल छनिःशुल्क पनि छ, त्यसैले सजिलै उपलब्ध छ र व्यक्तिगत तथा सामूहिक दुवै किसिमको संवाद हुन सक्ने सुविधकाका कारण भ्रामक समाचार फैलाउनेहरूका लागि  आकर्षणको केन्द्र बनेको छ ह्वाट्सएप। आफ्नो संवाद (मेसेजिङ) लाई बाधारहित बनाउन सक्षम भयो ह्वाट्सएपतर यति धेरै सक्षम भयो कि खराब पात्रहरूका लागि पनि ह्वाट्सएपले केही गर्न नसक्ने वातावरण सिर्जना गर्‍यो।

त्यस्ता ‘फिचर’ हरूका कारण ह्वाट्सएपलाई भारतमा सामूहिक आक्रमण हुनुअस्ट्रेलियामा लकडाउनको अतिरञ्जित भय फैलनु र मेक्सिकोमा जिउँदै मानिसलाई जलाइनुजस्ता उक्साहट सम्बन्धि घटनामा जिम्मेवार ठहराइएको छ।


आलोचना बढ्दै गएपछि यस समस्यालाई सम्बोधन गर्न केही कदमहरू ह्वाट्सएपले लिँदै आएको छ। यहाँ ब्राजिलको सन्दर्भ उल्लेखनीय छ। ब्राजिलका ८० प्रतिशत वयस्कले चलाउने भएकाले ह्वाट्सएप त्यहाँ सर्वव्यापी जस्तै छतर पछिल्लो अवस्था भने खासै सुखद छैन। सन् २०१८ मा भएको ब्राजिलको राष्ट्रपतिको निर्वाचनमा भ्रम फैलाउन ह्वाट्सएपको प्रयोग व्यापक रुपमा भएको थियो। अन्ततः अतिवादी उम्मेदवार जाइर बोल्सोनारो विजयी भए। बोल्सोनारो समर्थकले ह्वाट्सएप प्रयोग गर्ने सम्भावना अन्यको तुलनामा दुई गुना रहेको एक सर्वेक्षणले देखाएको थियो।

एक प्राज्ञिक अध्ययनले भने यस विषयलाई विस्तृत रुपमा विश्लेषण गरेको छ। ३ सय ४७ ह्वाट्सएप ग्रुपमा पठाइएका १ लाख राजनीतिक तस्बिरहरूबाट सबैभन्दा बढी पठाइएका ५० लाई लिँदा ८ तस्बिर पूर्ण रुपमा झुटो भएको१६ तस्बिर साँचो भएको तर परिवेशभन्दा बाहिर लगेर देखाइएको र ४ तस्बिरमा पुष्टि नभएका कुरा दाबी गरेको पाइएको थियो। समग्रमा अत्याधिक सेयर भएका तस्बिरको ५६ प्रतिशत भ्रामक भएको र ८ प्रतिशत मात्र पूर्ण रुपमा तथ्यगत भएको उक्त अध्ययनले देखाएको थियो।

ह्वाट्सएपमार्फत् फैलाइएको भ्रामक समाचारले उग्र दक्षिणपन्थी बिजेता जाइर बोल्सोनारोलाई फाइदा पुर्‍याएको ‘द गार्जियन’ को एक विश्लेषणले देखाएको छ। चुनावी अभियानका क्रममा ह्वाट्सएपका २ सय ९६ ग्रुपमा सम्प्रेसित ११ हजार ९ सय ५७ सन्देशमध्ये ४२ प्रतिशत दक्षिणपन्थी सामग्री झुटो भएको र ३ प्रतिशत मात्रै बामपन्थी सामग्री झुटो भएको तथ्य जाचकर्ताहरूले पत्ता लगाएका थिए। तथ्याङ्कले भ्रामक समाचार सम्प्रेषण एकतर्फी रहेको र प्रायजसो बोल्सोनारोका केही समर्थकले अन्य समर्थकमाझ सम्प्रेषण गरेको देखाएको छ।

तथ्य जाचकर्ताहरूले गलत ठहर्‍याएका पोस्टमध्ये आधारमा ‘चुनावी प्रक्रियालाई कब्जा गर्ने षडयन्त्र भइरहेको छ भन्ने कपोल्कल्पित एवम लोकतान्त्रिक पद्धतिमा अविश्वास बढाउने खालको धारणा पाइएको थियोजसमा बोल्सोनारोको टिमले फैलाएका षड्यन्त्र सिद्धान्तको स्पष्ट छाप थियो।’

यसको प्रतिकार ह्वाट्सएपले ब्राजिलियन ह्वाट्सएप प्रयोगकर्ताले ‘फरवार्ड’ गर्न पाउने सन्देशको संख्या घटाएर गर्‍यो। प्रयोगकर्ताले एउटा सन्देश २ सय ५६ ग्रुपमा फरवार्ड गर्न पाउने व्यवस्था रहँदै आएकोमा त्यस्तो संख्या सन् २०१८ मा २० र सन् २०१९ मा भारतमा हुलदंगा भएपछि ५ मा झारिएको थियो। ५ वा सो भन्दा बढी पटक फरवार्ड भई आएका सन्देशलाई थप एक पटक मात्र फरवार्ड गर्न पाइने व्यवस्था सन् २०२० बाट ह्वाट्सएपले लागू गर्‍यो।

यी सबै प्रयास एक व्यक्तिले एउटा सन्देश ठूलो जमातसम्म पुर्‍याउने क्षमता कम गर्न लक्षित थिए। अहिले ती प्रयास प्रभावकारी भएको भान हुन्छ। सन् २०२० मा आन्तरिक तथ्याङ्कका आधारमा ‘एकदमै धेरै फरवार्ड हुने सन्देश’ को संख्या ७० प्रतिशतले कम भएको ह्वाट्सएपले जनाएको थियो।

ह्वाट्सएपमा यस किसिमको नियमन भने बढ्ने क्रममा छ। ह्वाट्सएपका बारेमा समाचार संकलन गर्ने ‘डब्लुए बिटा इन्फो’ ले एन्ड्रोइडपछि आइओएसका लागि निकालिएको ह्वाट्सएपको बिटा (परीक्षण) संस्करणमा पनि नियमन बढेको पत्ता लगाएको थियो।

यसको मतलब एकदमै बढी फरवार्ड गरिने सन्देशहरूका लागि राखिएको नियम पहिले फरवार्ड गरिएका सबै सन्देशहरूमा लागू हुन सक्नेछन्।

अवश्य पनि यो परीक्षण चरणमा मात्रै भएका हुनाले स्थायी नहुन पनि सक्छ। ह्वाट्सएपका प्रवक्ताले भने परीक्षणमा आएको नियमनबारे ह्वाट्सएपको केही भनाइ नरहेको बताए। यद्यपिनयाँ नियमनको प्रभाव पुराना जस्तै हुने र फरवार्ड र भ्रम सम्प्रेषणमा कमी आउने अपेक्षा गर्न सकिन्छ।

यहाँ भुल्न नहुने कुरा के छ भने यो परिवर्तनले कसैलाई पनि धेरै ग्रुपमा सन्देश फरवार्ड गर्नबाट रोक्दैनगाह्रो मात्र बनाउँछ। सबैलाई एक क्लिकमा नभई एक–एक गर्दै सन्देश फरवार्ड गर्न यसले बाध्य बनाउँछ। नयाँ परिवर्तनले एक किसिमको बाधा सिर्जना गर्छ।

भ्रम सम्प्रेषणको सामना गर्ने र आम धारणालाई सुधार गर्ने धेरै प्रयासहरू कसरी बाधासँग सम्बन्धित छन् भन्ने कुरा महत्वपूर्ण छ। तपाईँको धारणा गलत छ भनेर फेसबुकले तपाईँलाई चेतावनी दिन सक्छ। उसले तपाईँलाई त्यो कुरा पोस्ट गर्न त देलातर त्यसको पहुँच घटाएर बाधा सिर्जना गर्न सक्छ। ट्वीटरले पनि कुनै लिंक खोल्नुअघि एकपटक सोध्न सक्छ।

कस्तो किसिमको बाधा उपयुक्त हुन्छन् र कस्ता बाधा विचार र कार्यप्रति अधिक निषेधकारी हुन्छन् भन्नेबारे तर्कवितर्क हुने नै छन्। सबै बाधाहरूले तथ्याङ्क र परीक्षणका अभावमा अपेक्षा अनुसार काम नगर्लान्। तरह्वाट्सएपले ल्याएका बाधा सामग्री प्रति पूर्वाग्रही नभई एपको प्रसारणभन्दा व्यक्तिगत च्याट केन्द्रित चरित्रसँग मेल खान जान्छन्। एक व्यक्तिलाई मात्रै लक्षित गरेर कारवाही तोक्नुभन्दा प्लेटफर्मको संरचनाबाटै त्यसको समाधान झिक्नु उपयुक्त हुन्छ।

–जोशुआ बेन्टन को आलेखको भावानुवाद।

श्रोतःआइएनएस-स्वतन्त्र समाचार



Author

थप समाचार
ad
x