सूचना-प्रवधि

गुगलले कसरी सेकेण्‍डमै प्रश्नको उत्तर दिन्छ ?

इकागज |
चैत १०, २०७८ बिहिवार ७:३८ बजे

काठमाडौँ - जब हाम्रो दिमागमा कुनै प्रश्न आउँछ सिधै गुगलमा खोज्न थाल्छौं। त्यसपछि त्यो प्रश्नको उत्तर र त्यससँग सम्बन्धित धेरै जानकारी गुगलले सेकेण्‍डभरमै दिने गर्छ।

यसरी गुगलले हाम्रो जीवनलाई साँच्चै सजिलो बनाएको छ। तर के तपाईंले सोच्नुभएको छ गुगलले हाम्रा प्रश्नहरूको जवाफ कसरी दिन्छ ? के गुगलले आफैंले यी प्रश्नहरूको जवाफ दिन्छ वा अन्य ठाउँबाट ल्याएर दिन्छ ?


प्रविधिको विकाससँगै मानिसहरू हरेक कुरामा गुगललगायतका साइटहरूमा आश्रित हुन थालेका छन् । आफूलाई चाहिने सूचना यसमै पाउने भएपछि पढ्नुभन्दा धेरै त गुगलकै प्रयोग हुने गरेको छ।

तर हामीले सर्च गर्दा गुगल विकीपिडियालगायतका साइटमा सूचनाको भर पर्दा यस्ता साइटहरू कत्तिको विश्वसनीय छ भन्ने कुरा भने ख्याल गर्नुपर्छ। किनभने यस्ता साइटबाट तानेर दिने सूचना पनि आम प्रयोगकर्ताले राख्न र सम्पादन गर्न मिल्ने हुन्छ ।

आज भने यहाँ तपाईलाई गुगलले कसरी केही सेकेन्डमै सूचना प्रदान गर्छ भन्ने बारेमा जानकारी दिइन्छ । सबैभन्दा पहिला गुगलले कसरी खोजेको नतिजा केही सेकेन्डमै देखाउँछ ? सर्वप्रथम के बुझ्नुपर्छ भने गुगलले दिने सूचना अरू साइटहरूको तानेर दिने हो । जस्तै नेपालमा कति जनसंख्या छ भन्ने कुरा गुगलमा सर्च गर्नुभयो भने यसले एक साइटको सूचना प्रदान गर्छ जुन पहिला नै गुगलमा क्रलिङ भनिन्छ ।

गुगलमा केहिी खोजी गर्दा सर्वप्रथम गुगलले वेब पृष्ठहरूमा यससँग सम्बन्धित कुन-कुन छन् भनेर जाँच गर्दछ। यसलाई प्रक्रियालाई क्रलिङ भनिन्छ। गुगलबोट प्रयोग गरेर सूचनाहरू क्रलिङ गरेको हुन्छ। जब कुनै नयाँ सूचनाहरू साइटहरूमा अपडेट हुन्छ गुगलबोटले आफूलाई चाहिने सूचना सिस्टमेटिक तरिकाले मिलाएर राख्छ।

गुगल बोट एउटा वेब क्रोलर सफ्टवेयर हो। जून क्रलरहरूले वेब पृष्ठहरू खोजी गर्दछन र क्रलरहरूले उनीहरूलाई दिइएका लिंकहरू पछ्याउँदछन्। क्रलरहरूले अर्को लिंकबाट डाटा संकलन गर्छन् र यसलाई गुगलको सर्भरमा ल्याउँदछन्।

क्रलिङ पश्चात नयाँ प्राप्त गरेको सूचना आफ्नो सर्भरमा इन्डेक्सिङ्ग गर्ने गर्छ यसले फोटो, भिडियो र वेब सामग्रीहरू सबै समावेश गर्दछ। इन्डेक्स गर्दा यसको कन्टेन्टहरू अन्य साइटबाट कपि गरेको छ कि छैन् लगायतका कुरा पनि गुगलबोटले जाँच गरेको हुन्छ ।

यदि त्यहाँ डुप्लिकेट सामग्री छ भने त्यसलाई इन्डेक्स गर्दैन। यदि नयाँ सूचनाहरू छ भने त्यो जानकारी गुगल इन्डेक्समा सुरक्षित गरेको हुन्छ । यदि तपाईंसँग आफ्नो वेबसाइट छ भने आफ्नो साइटको के के सूचना गुगलले आफ्नो इन्डेक्समा समेटको छ भनेर हेर्न गुगल वेब सर्च कन्सोल प्रयोग गरेर हेर्न सक्नुहुन्छ । 

अन्यमा यसरी स्टोर भएका सूचनाहरू गुगलले तपाईंले सर्च गरेको अवस्थामा देखाउने गरेको हुन्छ । गुगलले हामीलाई अन्य प्रश्नहरू र यससँग सम्बन्धित उत्तरहरू पनि बताउँछ।

यसमा सबैभन्दा माथि शीर्षमा सर्च गरिएका पेजहरुको साथमा अन्य हजारौं साइटहरू देखा पर्छ। सर्च रिजल्ट भने र्‍यांक अनुसार देखाउने गर्छ । गुगलबोटले सर्च किवर्ड, साइटको विश्वसनियता, सूचनाको अवस्था आदिको प्रकृति हेरर पेज र्‍यांक गरेको हुन्छ। जब गुगलमा केही खोजिन्छ यसले र्‍यांकअनुसार १, २ गर्दै पेजहरूको सूचना प्रदान गर्छ ।


Author

थप समाचार
x