सूचना-प्रवधि

मोबाइलमा डाटा बचाउन यसरी गर्नुहोस् 'अटो प्ले' बन्द

इकागज |
फागुन १३, २०७८ शुक्रवार ७:४७ बजे

काठमाडौँ- विश्व चर्चित सामाजिक सञ्जाल फेसबुक तथा ट्‌वीटर नचलाउने सायदै होलान् । यी सामाजिक सञ्जाल चलाउँदा कतिपयको मोबाइलमा अन्य प्रयोगकर्ताले अपलोड गरेको भिडिओ आफैँ चल्ने गरेको हुन्छ । वाइफाइमा हुँदा त यस्ता भिडिओ आफैँ चल्दा समस्या हुँदैन तर जब मोबाइल डाटाको प्रयोगमा आउँछ त्यो अवस्थामा हँदा भने यसले समस्या पार्छ । 

मोबाइलमा डाटा लिएर चलाउँदासमेत आफै चल्ने भिडिओले तपाईंको डाटा खर्च हुन्छ भने डाटा नलिएको अवस्थामा त व्यालेन्स खर्च हुने नै भयो । वाइफाइमा हुँदा यस्ता सामाजिक सञ्जालमा उपलब्ध अटोप्ले सुविधा धेरै व्यक्तिहरूको लागि धेरै उपयोगी हुन्छ। तर मोबाइल डाटामा त हँदा त यो सबै प्रयोगकर्ताहरूको लागि समस्या नै हुने गर्छ ।


यस्ता अटो-प्ले गर्दा तपाईंलाई पनि समस्या भएको छ भने यहाँ आज यसलाई कसरी बन्द गर्न सकिन्छ भन्‍ने विषयमा जानकारी दिइन्छ ।

फेसबुकमा रहेको अटो प्ले बन्द गर्न तल दिएका प्रक्रिया अपनाउनुहोस् 
- सबैभन्दा पहिले आफ्नो डिभाइसमा फेसबुक एप खोल्नुहोस् ।
- त्यसपछि दायाँ छेउको शीर्षमा ह्याम्बर्ग आइकनमा क्लिक गर्नुहोस् ।
- अब सेटिङ्ग एण्ड प्राइभेसीको विकल्पमा क्लिक गर्नुहोस् ।
- त्यसपछि सेटिङ्स चयन गर्नुहोस् र तल स्क्रोल गर्नुहोस् ।
- प्राथमिकता खण्डमा गएर मिडियामा क्लिक गर्नुहोस् ।
- यो गरेपछि तपाईंले धेरै विकल्पहरू देख्नुहुनेछ ।
- अटोप्ले खण्डमा तपाईंले यहाँ  ३ विकल्पहरू फेला पार्नुहुनेछ-मोबाइल डाटा एण्ड वाइफाइमा, वाइफाइ मात्र र कहिल्यै अटोप्ले नगर्नुहोस् ।
- नेभर अटो प्ले विकल्प चयन गर्दा यो सुविधा बन्द हुनेछ ।
 
ट्‌वीटरमा अटो प्ले यसरी बन्द गर्नुहोस् 
प्रयोगकर्ताले फेसबुकमा जति भिडियो हेर्छन्, त्यति नै ट्विटरमा हेर्न पाएका छैनन्। यद्यपि यो विशेषता कहिलेकाहीँ उनीहरूको लागि समस्याको कारण बन्‍न सक्छ ।
- यहाँ अटो प्ले सुविधा बन्द गर्न आफ्नो स्मार्टफोनमा ट्‌वीटर खोल्नुहोस् ।
- त्यसपछि प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् ।
- त्यसपछि सेटिङ्ग एण्ड प्राइभेसीको विकल्पमा क्लिक गर्नुहोस् ।
- अब पहुँच प्रदर्शन र भाषाहरूबाट डाटा यूजेजमा जानुहोस् ।
- यहाँ तपाईंले अटो प्ले सेटिङ पाउनुहुनेछ । यसलाई बन्द गरेर तपाईंले आफ्नो फिडमा भिडियोहरू स्वत: प्ले हुनबाट रोक्न सक्षम हुनुहुनेछ ।


Author

थप समाचार
x