सूचना-प्रवधि

ट्वीटरमा फर्कियो 'निलो चरा'

इकागज |
चैत २४, २०७९ शुक्रवार १२:७ बजे

काठमाडौँ - सामाजिक प्लेटफर्म ट्वीटरले पुरानै लोगो कायम गरेको छ । यसअघि लोगो परिवर्तन गरेको ट्वीटरले पुन: 'निलो चरा' लोगोमा राखेको हो । 

चरा फर्किएकोबारे पनि ट्विटरले आधिकारिक जानकारी दिएको छैन । ट्विटरका मालिक मस्कले आफ्नो एकाउन्टमा नामसँगै भेरिफाइड टिक र निलो चरो राखेका छन् । 


यसअघि निलो चरा हटाएर नयाँ लोगो ‘डगी’ राखेको थियो । आफ्नो लोगो फेरिएकोबारे ट्विटरले सार्वजनिक रूपमा कुनै पनि जानकारी दिएको थिएन । ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गरेका थिए।


Author

थप समाचार
x