सूचना-प्रवधि

भारतमा ‘ट्‌वीटर ब्लु’ लागि ९५० रुपैयाँसम्म बुझाउनुपर्ने

इकागज |
माघ २६, २०७९ बिहिवार १२:५१ बजे

मुम्बई- माइक्रोबलिंग प्लेटफर्म ट्‌वीटरले भारतमा सब्सक्रिप्सन सेवा गरेको छ । भारतमा ट्‌वीटर ब्लु टिक सर्भिसका लागि प्रति महिना ६५० रुपैँया भारतीय रुपैयाँ बुझाउनु पर्ने नियम बनाएको छ । बेब युर्जसको ट्‌वीटर ब्लुका प्रयोगका लागि

मासिक ६५० भारतीय रुपैयाँ दिनुपर्ने नियम बनाएको तर मोबाइल प्रप्रयोगकर्ताले भने प्रति महिना ९५० भारतीय रुपैया दिनु पर्नेछ ।


एलन मस्कले पछिल्लो महिना ४४ मिलियन डलरमा ट्‌वीटर खरिद गरेका थिए, उनले खरिद गर्ने बितिक्कै माइक्रो ब्लगिंग प्लेटफर्ममा धेरै परिवर्र्तन गरिरहेका छन । एलन मस्कले पछिल्ला दिनमा ट्‌वीटर ब्लु सर्भिसका लागि यो जानकारी दिएका थिए कि ब्लु टिक लिने प्रयोगकर्ताका लागि शुल्क मात्रै दिईने छैन, सो शुल्क लिने प्रयोगकर्तालाई अतिरिक्त सुबिधासमेत दिइनेछ । 

ट्‌वीटरले पछिल्ला दिनमा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड र जापानलगायत केही देशमा ट्‌वीटर ब्लुको सेवा सुरु गरिसकेको छ । यी देशमा ट्‌वीटरले ब्लु टिक सब्सक्रिप्सन शुल्क भनेर प्रति महिना ८ डलर लिदैँ आएको छ । जसअनुसार यी देशले प्रतिबर्ष अमेरिकन ८४ डलर ट्‌वीटरलाई दिनुपर्ने हुन्छ ।


Author

थप समाचार
x