सूचना-प्रवधि

आइफोन १४ मा नेटवर्क नभएको स्थानमा स्याटेलाइटबाट सञ्‍चार सुविधा

इकागज |
भदौ २३, २०७९ बिहीबार १०:५६ बजे

काठमाडौँ- बुधबार बेलुका सार्वजनिक भएको नयाँ आइफोन १४ मा फोनको नेटवर्क नभएको स्थानमा स्याटेलाइटबाट सञ्‍चार सुविधा उपलब्ध गराउने विशेष सुविधा दिएको छ । एप्पलले मोबाइल फोनको टावर नटिप्ने स्थानमा रहँदा कुनै समस्या परेमा स्याटेलाइट मार्फत आपतकालीन एसओएस सन्देश पठाउन सक्ने सुविधा दिएको हो ।

लामो समयदेखि चर्चामा आइरहेको स्याटेलाइट कनेक्टिभिटी सुविधाका लागि आइफोन १४ मा स्थलीय टावरको नजिक नहुँदा स्याटेलाइटसँग सम्पर्क हुनेगरी विशिष्ट प्रविधि डिजाइन र निर्माण गरिएको छ। आकाश सफा भएको अवस्थामा १५ सेकेन्ड भित्र सन्देश पठाउन सकिनेछ ।


मोबाइलको नेटवर्क नभएको र आपतकालिन अवस्थामा रहेको बेला उद्दार तथा सन्देश पठाउनको लागि आइफोन १४ लाई आकाशमा रहेको स्याटेलाइट देखाउनु पर्ने एप्पलले जनाएको छ। स्याटेलाइटसँगको सम्पर्कमा आएपछि प्रयोगकर्ताहरूले फोनको नेटवर्कले काम नगरेको अवस्थामा समेत आपतकालीन मद्दत प्राप्त गर्नका लागि जानकारी पठाउन र प्राप्त गर्न सक्नेछन्।

सन्देशहरूलाई कन्डेन्स गर्न छोटो टेक्स्ट कम्प्रेसन मेकानिजम बनाइएको छ । आकाश सफा छैन र केही अवरोधहरू भएको खण्डमा सन्देश पठाउन केही मिनेट लाग्न सक्नेछ । यो सुविधा अन्तरगत स्थानीय सेवा प्रदायकहरुलाई मद्दतको लागि फोन गर्नका लागि समेत सतर्क गराइनेछ ।

कस्तो छ आइफोन १४

एप्पलले सार्वजनिक गरेको नयाँ आइफोन १४ मा ६ दशमलव १ इन्चको स्क्रिन रहेको छ ठूलो ६ दशमलव ७ इन्चको स्क्रिन सहितको आइफोन १४ प्लस र  आइफोन १४ प्रो सार्वजनिक गरेको छ । नयाँ आइफोनहरूमा लामो समय ब्याट्री टिक्नेछ भने सिरेमिक शिल्ड स्मार्टफोन ग्लास समावेश छ ।

आइफोन १४ र १४ प्लस पाँच रंगहरूमा आउनेछ । आइफोन १४ प्रो चार रंगहरूमा उपलब्ध हुनेछ । यसमा अगाडि एउटा ट्रु डेप्थ क्यामेरा छ भने एप्पलले डाइनामिक आइल्याण्ड भनिरहेको नयाँ सुविधा समावेश गरेको छ । यो सुविधा आइफोनको अगाडिको स्क्रिनको शीर्षमा एउटा विजेट जस्तै हुनेछ, जहाँ फोनमा अरु नै काम गरिरहेको बेलामा पनि वाधा अवरोध विना संक्षिप्त अलर्टहरू हेर्न सकिनेछ ।

आइफोनका नयाँ भर्सनहरू सार्वजनिक, यस्ता छन् विशेषता

आइफोन १४ को मूल्य ७९९ डलरबाट सुरु हुनेछ । यो आइफोन १३ कै गतवर्षको मूल्य बराबर हो । ठूलो आइफोन १४ प्लस मोडेलको मूल्य ८९९ डलरबाट सुरु हुनेछ । नयाँ आइफोन १४ मा गत वर्षको आइफोन १३ प्रो मोडेलमा जस्तै ए १५ चिप प्रयोग गरिएको छ । नयाँ मोडलमा उस्तै चिप दोहोराइएको यो पहिलो पटक हो । यो ठूलो पिक्सेल, छिटो एपर्चर र सुधारिएको सेन्सरको साथ १२ एमपी मुख्य क्यामेराको साथ आउनेछ ।

पहिलो पटक नयाँ फ्रन्ट क्यामेरामा स्वत फोकस छ । यसले व्यक्तिगत र सामूहिक सेल्फीहरूको लागि कम प्रकाशमा धेरै दूरीहरूमा फोकस गर्नसक्छ । यसमा रहेको नयाँ मोडले प्रयोगकर्ताहरूले चलिरहेको बेला पनि भिडियोहरू स्थिर राख्न सक्नेछन् । त्यस्तै आइफोन १४ मा भौतिक सिम कार्ड हटाएर त्यसको सट्टा डिजिटल ई सिम कार्ड प्रयोग गर्नसकिने व्यवस्था गरेको छ । एउटै फोनमा धेरै​​ इ-सिमहरू भण्डारण गर्न सकिनेछ । साथै एउटै फोनमा धेरै सेलुलर योजनाहरू र फोन नम्बरहरू राख्न सकिनेछ ।

आइफोन हराएको वा चोरी अवस्थामा भेटाउने वा चोरी गर्ने व्यक्तिले भौतिक सिमकार्ड हटाउनसक्ने भएतापनि डिजिटल इ सिम कार्ड भने हटाउन सक्नेछैनन् ।
आइफोनका सबै अमेरिकी मोडलमा अब सिमकार्ड राख्ने ट्रे रहनेछैनन् ।


Author

थप समाचार
x