सुदूरपश्चिम

समाजवादीलाई २६ मत अन्तरले हराउँदै सुर्नया गाउँपालिका अध्यक्षमा एमालेका कुँवर निर्वाचित

इकागज |
जेठ ३, २०७९ मंगलबार ७:४७ बजे

बैतडी- सुर्नया गाउँपालिका बैतडीको अध्यक्षमा नेकपा एमालेका अम्मर कुँवर विजयी भएका छन् । कुँवरले नेकपा (एकिकृत समाजवादी)का नरेन्द्र बिष्टलाई २६ भोटले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

कुँवरले २३५० मत ल्याएर विजयी हुँदा बिष्टले २३२४ मत ल्याएका छन् । उपाध्यक्षमा भने, नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी भएकी छिन । बोहराले २१३२ मत सहित विजयी हुँदा राप्रपाका देवबहादुर चन्दले १९४१ मत पाएका हुन् । 


सुर्नयाका वडाहरूमा भने मिश्रित परिणाम आएको छ । वडा नं.१ मा एमालेका धनबहादुर चन्द विजयी हुँदा, वडा नं.२ मा राप्रपाका गणेश बिष्ट विजयी भएका छन् । त्यस्तै वडा नं.३ मा कांग्रेसका शम्भु भट्ट र वडा नं.४ मा कांग्रेसकै प्रताप महरा विजयी भएका हुन् ।

वडा नं. ५ मा माओवादी केन्द्रका केशवबहादुर चन्द विजयी भएका छन् भने, वडा नं.६ मा एमालेका मदन अवस्थी विजय भएका छन् । वडा नं. ७ मा कांग्रेसका भक्तबहादुर कुँवर र वडा नं.८ मा कांग्रेसकै भानबहादुर चन्दले जित हासिल गरेका छन् ।


 


Author

थप समाचार
x