सुदूरपश्चिम

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल  झण्डै दोब्बर मतले अगाडि, कसले कति मत पाए ?

इकागज |
जेठ ३, २०७९ मगलवार ७:३७ बजे

धनगढी- धनगढी उपमहानगरपालिका हालसम्म १४७३६ मत गणना भएको छ । मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन् । हमालले ६५९६ मत पाएका छन् ।

 नेपाली कांग्रेसका नृपबहादुर वडले दोस्रो स्थानमा छन् । उनले ३३४५ मत पाएका छन् ।


त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले अग्रता लिइरहेकी छ । अधिकारीले २९४० मत पाएकी छन् भने एमालेकी कन्दकला रानाले २८४५ मत ल्याएर उनलाई पछ्याइरहेकी छन् ।

१४७३६ मत गणना हुँदा मेयरमा २९३२ मत बदर भएको छ । त्यस्तै उपमेयरमा ६००९ मत बदर भएको छ । 

धनगढी उपमहानगरपालिका अपडेट

मेयर
नृपबहादुर वड (कांग्रेस) : ३३४५
रणबहादुर चन्द (एमाले) : १६७४
गोपाल हमाल (स्वतन्त्र) : ६५९६
बदर मत : २९३२

उपमेयर
शान्ति अधिकारी (माओवादी) : २९४०
कन्दकला राना (एमाले)  : २८४५
प्रभाकर भण्डारी (स्वतन्त्र) :१६४७
बदर मत : ६००९


Author

थप समाचार
x