सुदूरपश्चिम

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि सरकारलाई दबाब दिन आम हड्तालकाे घाेषणा

इकागज |
जेठ २७, २०८० शनिबार ९:११ बजे

कैलाली । शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आइतबार सुदूरपश्चिम प्रदेशभरी आम हड्तालको घोषणा गरेको छ । 

संघर्ष समितिले गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आइतबार सुदूरपश्चिम प्रदेशभरी आम हड्तालको घोषणा गरेको हो । 


संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि सरकारलाई दबाब दिन आम हड्तालको घोषणा गरेको बताए ।

धनगढीमा पत्रकार सम्मेलन गर्दै शालीन र अनुशासित ढंगले विरोधका कार्यक्रम गर्दा पनि सुदूरपश्चिमेली जनताको मागप्रति सरकार उदासीन देखिकाले बाध्य भएर आम हड्ताल गर्नुपरेको संयोजक पाण्डेयले बताए ।

आम हड्तालको कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका यातायात व्यवसायी, उद्योगी, व्यापारी, बुद्धिजीवी, नागरिक समाज, सम्पूर्ण राजनीतिक दल र आम जनसमुदायको समेत ऐक्यबद्धता तथा समर्थन रहेको संघर्ष समितिका संयोजक पाण्डेयले जानकारी दिए ।

बन्दको समयावधिमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला, ८८ वटै पालिकामा रहेका सम्पूर्ण कार्यालय, यातायात, उद्योग–कलकारखाना, व्यापार–व्यवसाय, निजी तथा सरकारी विद्यालयलगायत आवश्यकताबाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिदिन समितिका उपसंयोजक आनन्द भट्टले बताए । आमहड्ताल गर्दा पनि माग सुनुवाइ नभए थप संघर्षका कार्यक्रम घोषणा गरिने जनाएको छ । 

सरकारले यही १५ जेठमा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमा कैलालीको गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शय्याको मात्र अस्पताल सञ्चालन गर्ने उल्लेख गरेपछि सुदूरपश्चिममा विरोध सुरु भएको हो ।


Author

थप समाचार
x