सुदूरपश्चिम

बुहारीकाे हत्या गरी सासु-ससुराले शव जंगलमा गाडेपछि...

इकागज |
जेठ २३, २०८० मंगलबार १३:३३ बजे

कैलाली । गौरीगंगा नगरपालिका-१ गोप्का कि २८ वर्षीया कविता बुढा सोही ठाउँस्थित केदारेश्वर सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परिन् । बुढा सामुदायिक वनभित्र खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

गएकाे बिहीबार राति कविता बुढा, उनकै छोरा ८ वर्षीय डण्डीराज बुढा र ससुरा ५२ वर्षीय डिल्ली भन्ने दिलिप सिंह बुढा हराएको भन्ने सूचना ईलाका प्रहरी कार्यालय चौमालालाई प्राप्त भयाे । लगत्तै प्रहरीले खोजी गर्दै जाँदा सोमबार साँझ केदारेश्वर सामुदायिक वनभित्र खाल्डोमा पुरिएको अवस्थामा कविताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालले जानकारी दिए ।


घरायसी विवादमा सासु ससुरा मिलेर बुहारीको हत्यापछि वनमा लगेर गाडेको पक्राउ परेकी सासु लक्ष्मीदेवी बुढाले बयानका क्रममा बताएको प्रहरीले जानकारी दिएको छ । 

मृतक बुढाको श्रीमान् कान्छी श्रीमतीसँगै भारतमा बस्दै आएका छन्। हत्यापछि नाति लिएर फरार भएका दिलिप सिह बुढाको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक पालले बताए ।


Author

थप समाचार
x