सुदूरपश्चिम

धनगढीका अपांगता भएकाहरूलाई सहायता सामग्री

इकागज |
जेठ १८, २०८० बिहीबार १२:५३ बजे

कैलाली । धनगढी उपमहानगरपालिकाभित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा सहजता ल्याउन नि:शुल्क सहायता सामग्री वितरण गरिएको छ ।

उपमहानगरपालिकाका १९ वटै वडामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि एनएनएसडब्लुए नामक गैरसहकारी संस्थाको सहयोगमा सहायक सामग्री वितरण गरिएको मेयर गोपाल हलालले बताए । पहिलो चरणमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५,१६ र १७ मा बसोबास गर्ने ५६ जनालाई अपांगता सहायक सामग्री वितरण गरिएको मेयर हमालले बताए ।


गैरसरकारी संस्थाको १० लाख रुपैयाँ र उपमहानगरपालिकाको २८ लाख रुपैयाँ गरि ३८ लाख रुपैयाँमा ह्विल चियर १६ थान, ट्राईसाईकिल ४ थान, कृतिम हात खुट्टा २/२ थान, ट्वाइलेट चियर १ थान वितरण गरिएको छ ।

त्यस्तै रोटेलर १ थान, स्पाईनल बेल्ट ४ थान, वाकर स्टिक २ थान र घुँडा सपोट १ जोर बितरण गरिएको मेयर हमालले बताए । उपमहानगरपालिकाले आफ्ना वडामा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुको दैनिक सहज होस भन्ने उद्देश्यले अपांगता सहायक सामग्री वितरण गरिएको बताउँदै मेयर हमालले अन्य वडाहरुमा समेत क्रमशः वितरण गरिने बताए ।


Author

थप समाचार
x