सुदूरपश्चिम

धनगढीमा भोलि सार्वजनिक विदा

इकागज |
जेठ १५, २०८० सोमबार १३:२६ बजे

कैलाली- गंगादशहराको अवसरमा धनगढीमा भोलि सार्वजनिक विदा दिइएको छ।

मंगलबार मनाइने गंगादशहरा पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले सूचना निकालेर विदा दिएको जनाएको छ। 


धनगढी उपमहानगरपालिकाको प्रमुख धार्मिक स्थल बेहडाबाबामा गंगादशहराको अवसरमा विभिन्न स्थानबाट दशनर्थीहरु आउने हुँदा पर्यटकीय गन्तव्यको रुपमा परिचत गर्ने उद्देश्यसहित विदा दिइएको सूचना मार्फत जानकारी दिइएको छ ।


Author

थप समाचार
x