सुदूरपश्चिम

निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने

इकागज |
बैशाख ८, २०८० शुक्रबार ८:३९ बजे

कञ्चनपुर- भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले संस्थागत विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको बताए । 

“हामीले निजी विद्यालयलाई गत वर्षकै शुल्क र पाठ्पुस्तकलाई निरन्तरता दिने गरी निर्णय गरेका छौँ”, उनले भने, “शुल्क वृद्धि गर्नुपर्ने अवस्थामा प्रस्ताव तयार गरी नगरपालिकाबाट स्वीकृत लिन भनेका छौँ ।” उहाँले यसै शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० बाहेकका कक्षाका पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने बताए । 


संस्थागत विद्यालहरूले हरेक शैक्षिक सत्रमा शुल्क वृद्धि गर्ने र पाठ्यपुस्तक परिवर्तन गर्नेलगायत गतिविधि गर्न थालेपछि नगरपालिकाले यस्तो निर्णय गरेको उनले बताए । पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने बाध्यात्मक अवस्था आए नगरपालिकाबाट पूर्वस्वीकृति लिन नगरभित्रका संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ । रासस


Author

थप समाचार
x