सुदूरपश्चिम

कैलालीमा कोभिड संक्रमितको मृत्यु

इकागज |
बैशाख ३, २०८० आइतबार ११:५९ बजे

धनगढी- कैलालीमा कोभिड संक्रमित एक जना महिलाको मृत्यु भएको छ । 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध महिलाको कोभिड संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । 


अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी ती महिलालई आईसियुमा राखिएको थियो । उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।


Author

थप समाचार
x