सुदूरपश्चिम

धनगढीमा नवौं संस्करणको हाफ म्याराथन हुँदै

इकागज |
चैत १४, २०७९ मंगलबार १५:३३ बजे

कैलाली । नयाँ वर्षको अवसर पारेर धनगढी जेसिजले हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ । "अब धनगढी दौडिन्छ" भन्ने मूल नाराका साथ धनगढी जेसिजले नवौं संस्करणको हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

धनगढी जेसिजले आज पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी गराएको हो । धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले प्रतियोगिता वैशाख १ गते बिहान ७ बजे धनगढी रंगशालाबाट सुरु हुने बताए । उनले म्याराथन प्रतियोगितामा विभिन्न ४ विधा समावेश गरिएको जानकारी दिए ।


म्याराथन प्रतियोगितामा खुला (२१.१ किलोमिटर), कर्पोरेट र सञ्चार (५ किलोमिटर), ट्राइसाइकल रेस (५ किलोमिटर) र महिला (५ किलोमिटर) गरि चार विधा आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताए ।

म्याराथन प्रतियोगितामा खुला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ नगद प्राप्त गर्नेछन । त्यस्तै कर्पोरेट र संचार तर्फ ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार राखिएको संयोजक कुँवरले बताए । यसैगरी, ट्राइसाइकलतर्फ सहभागी सबैलाई पुरस्कार दिइने बताउँदै संयोजक ओझाले महिलातर्फ बिजयी हुनेले क्रमशः ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैया पुरस्कार दिइने बताए ।


Author

थप समाचार
x