सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु, नागरिक उन्मुक्ति पार्टी अनुपस्थित

इकागज |
माघ २६, २०७९ बिहीबार १७:३ बजे

कैलाली- विश्वासको मत लिने समयसीमा सकिन लागेपछि नागरिक उन्मुक्ति पार्टीको उपस्थितिबिना नै मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ ।

प्रदेश सभामा नागरिक उन्मुक्ति उपस्थित नभएपछि मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत गुमाएका छन् ।


नागरिक उन्मुक्तिको समेत समर्थनमा एक महिनाअघि मुख्यमन्त्री भएका रावलले बहुमत गुमाएपछि आजै मुख्यमन्त्री पद गुमाउने छन् ।

मुख्यमन्त्री रावलले यति बेला प्रदेश सभा सम्बोधन गरिरहेका छन् । सम्बोधनका क्रममा उनले पदबाट राजीनामा दिने अनुमान गरिएको छ ।

प्रदेश सभामा यतिबेला मुख्यमन्त्री रावलको पक्षमा एमालेका १०, माओवादी केन्द्रका १० र राप्रपाका एक गरी २१ जना मात्र देखिएका छन् । बहुमत पुर्याउन २७ सांसदको मत आवश्यक पर्छ ।


Author

थप समाचार
x