सुदूरपश्चिम

रवि लामिछानेका कार्यकर्ताले जलाए कान्तिपुर दैनिक

इकागज |
माघ २३, २०७९ सोमबार १०:४० बजे

कैलाली- राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कान्तिपुर दैनिक पत्रिका जलाएका छन् । आज बिहान रास्वपाका कार्यकर्ताहरूले कैलालीको सुखड बजारमा कान्तिपुर दैनिक पत्रिका जलाएका हुन् । बिक्रीका लागि राखेको केही दिन अघिको पत्रिका जलाएका हुन् । 

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम्‌ गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलनमा नेपाली मिडियाका पत्रकार र प्रकाशकहरूविरुद्ध अभिव्यक्ति दिएका थिए ।


नाम नै लिएर प्रकाशक र सम्पादकविरुद्ध उत्रिएका लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्‍न संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।

नागरिकता विवादमा अदालतले दोषी ठहर गरेपछि लामिछानेको सांसद र मन्त्री पद गएको थियो । लामिछानेको पासपोर्टको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । स्वार्थ बाझिने मन्त्रालयमा रवि लामिछाने गैरसांसद भए पनि जान खोजेको भन्दै विभिन्‍न मिडियाले उनीविरुद्ध लेखेका थिए ।  सोही विषय मिडियाले उठाएपछि लामिछानेले पत्रकार सम्मेलन मिडियाविरुद्ध अभिव्यक्ति दिएका थिए ।

र, यो पनि


Author

थप समाचार
x