सुदूरपश्चिम

कञ्चनपुरका ६ घरबाट लुकाइएको काठ बरामद

इकागज |
माघ १०, २०७९ मंगलबार ८:११ बजे

कञ्चनपुर- कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद गरिएको छ । जिल्लाको लालझाडीमा घरमा लुकाएको अवैध काठ बरामद गरिएको हो । सव डिभिजन वन कार्यालय लालझाडीले लालझाडी गाउँपालिका वडा नम्बर ५ देखतभूलीका ६ घरबाट अवैध काठ बरामद गरेको बताएको छ ।

सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले चिरान गरेर राखेको र गोलियासहित दुई सय ११ दशमलव १७ क्युफिट काठ बरामद भएको जानकारी गराए ।


सुविता रानाको घरबाट ६ दशमलव ८७ क्युफिट काठ चिरान, ३८ दशमलव २८ क्युफिट काठ गोलिया, मोति रानाको घरबाट १५ दशमलव १८ क्युफिट काठ चिरान, ३८ दशमलम शून्य १ क्युफिट काठ गोलिया, मोलो रानाको घरबाट ३३ दशमलव ७४ क्युफिट काठ चिरान, काली रानाको घरबाट १९ दशमलव शून्य १ क्युफिट काठ चिरान, विक्रम रानाको घरबाट २७ दशमलव १४ क्युफिट काठ र भङगी रानाको घरबाट ३२ दशमलव ९४ क्युफिट गोलिया बरामद गरिएको हो ।


Author

थप समाचार
x