सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघमा ८ जना निर्विरोध निर्वाचित

इकागज |
मंसिर १६, २०७९ शुक्रवार १०:५२ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १६ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनमाबाट ८ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेमा कोषाध्यक्षमा निर्मल कुमार देउवा र सह-कोषाध्यक्षमा गणेश बहादुर खड्का रहेका छन् । त्यस्तै, महिला सदस्यद्वय विमला देवी श्रेष्ठ र शक्ति पन्त समेत निर्विरोध निर्वाचित भएका हुन् ।


यसैगरी निर्विरोध निर्वाचित हुने सदस्यहरू माधव प्रसाद चौधरी, दाउत तामाङ, तुला बहादुर राना र गोरे सिंह ऎर रहेको मुख्री निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताए । 

आगामी ३ वर्षे कार्यकालका लागि लक्ष्मण कुमार स्वांर र हरि प्रसाद भट्टको प्यानल चुनावी मौदानमा उत्रिएका छन् । 

संघको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार कपाडी र गंगाबहादुर शाह प्रतिस्पर्धामा छन् भने उपाध्यक्षमा मदनमोहन विष्ट, रघुवीर सिंह साउद, रमेशबहादुर खडायत र लक्ष्मणबहादुर साउद चुनावी मैदानमा उत्रिएका छन् । 

त्यस्तै संघको महासचिवमा खेमराज जोशी र चन्द्र बहादुर शाह, नितिगत उपमहासचिवमा आङदावा शेर्पा र यज्ञराज जोशी प्रतिस्पर्धामा रहेका छन् । यसैगरी संघको आन्तरिक उपमहासचिवमा दर्शनबहादुर खड्का र राजेश गिरी चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

आज हुने मतदानमा ३ सय ४३ सदस्यले मतदान गर्ने मुख्य निर्वाचन अधिकृत जेठाराले बताए ।


Author

थप समाचार
x