सुदूरपश्चिम

हृदयघातले वडाध्यक्ष जोशीको निधन

इकागज |
मंसिर १५, २०७९ बिहीबार ७:३६ बजे

सांकेतिक तस्बिर

डोटी- पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।  

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए । उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उनको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा. सोहन शाहले बताए ।


जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 


Author

थप समाचार
x