सुदूरपश्चिम

धनगढीमा नमुना आयल स्टोर

इकागज |
असोज १६, २०७९ आइतवार ११:२२ बजे

कैलाली- धनगढीमा आजदेखि नमुना आयल स्टोर संचालनमा आएको छ । धनगढी उपमहानगरपालिका १५ कनरी हुलाकी राजमार्गमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक नमुना पेट्रोल पम्प संचालनमा आएको हो । 

युवा व्यवसायी जय ठाकुरले ज्योति आयल स्टोर संचालनमा ल्याएका हुन् । आयल स्टोरको संचालक ठाकुरका बुबा जटेश्वर ठाकुर र परिवारका सदस्यले उद्घाटन गरेका छन् । 


करिब ४ करोडको लगानीमा पेट्रोल पम्प संचालनमा आएको संचालक जय ठाकुरले बताए । उनले करिब एक बिगाहा क्षेत्रफलमा पम्प संचालनमा ल्याएको बताए । पम्पमा डिजेल तथा पेट्रोलका साथै छिट्टै गाडी धुने, हावा भर्ने, इलेक्ट्रोनिक गाडी चार्ज गर्ने सुविधाका साथै रेस्टुरेन्ट लगायतका सुविधा संचालनमा आउने बताए ।


Author

थप समाचार
x