सुदूरपश्चिम

कैलालीकाे मोहना र खुटिया नदीकाे बाढीमा फसेका ३२ जनाकाे उद्धार

इकागज |
असोज ९, २०७९ आइतबार २०:४३ बजे

कैलाली- अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा आएको बाढीमा फसेका ३२ जनाको उद्धार गरिएको छ ।

धनगढी उपमहानगरपालिका १८ नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करिब ६ बजे अचानक बाढी आउँदा ३२ जना बाढीमा फसेका थिए ।


धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार फूलबारी डिपो बजारभन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा फसेकाहरूको उद्धार गरिएको छ ।

पहिलो लटमा १६ र दोस्रो लटमा १३ जनाको सकुसलै उद्धार गरेको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक किसन टेरले जानकारी दिए । उनले बाँकी ३ जना भने भारततिर गएको बताए ।

 

याे पनि

गाईबस्तु चराउन गएका १० जना मोहना नदीको बाढीमा फसे


Author

थप समाचार
x