सुदूरपश्चिम

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

इकागज |
असोज ९, २०७९ आइतबार ११:१५ बजे

सांकेतिक तस्बिर

कैलाली- कैलालीको टिकापुर नगरपालिका–२ कोठारपुरमा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक युवती गम्भीर घाइते भएकी छन् । 

मृत्यु हुनेमा सोही नगरपालिका–२ बिजयनगरका ७० वर्षीय भोकारी थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको हो । 


घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय १८ वर्षीया आस्मा चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

से ६ प ३१८१ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ७ बजे थारु सवार साइकललाई ठक्कर दिएर पल्टिएको थियो । 

मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x