सुदूरपश्चिम

जङ्गली हात्तीबाट मृत्यु भएका परिवालाई आर्थिक सहयोग

इकागज |
भदौ २५, २०७९ शनिबार ६:५१ बजे

कञ्चनपुर- जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीय मीना जोशीका परिवारलाई रु १० लाखको चेक शुक्रबार हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय प्रकृति कोषमार्फत उपलब्ध गराइएको रु १० लाखको चेक मृतकका बुवा कालुराम जोशीलाई प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हस्तान्तरण गरेका हुन् ।


गत भदौ १३ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले घरमै रहेका बेला मीनालाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

यसअघि मृतकका परिवारलाई कोषले किरिया खर्चबापत रु ५० हजार रकम उपलव्ध गराएको थियो ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भए आश्रित परिवारलाई क्षतिपूर्तिवापतको रकम उपलव्ध गराउने प्रावधान छ । रासस


Author

थप समाचार
x