सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य हुँदै

इकागज |
भदौ १७, २०७९ शुक्रबार ९:२७ बजे

फाइल तस्बिर

काठमाडौँ - सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन आज (शुक्रबार) बाट अन्त्य हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको १०औँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । 

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति तय भएसँगै प्रदेश सभा सदस्यहरू प्रचार–प्रसारमा केन्द्रित हुने भन्दै सभाको बैठक शुक्रबार अन्त्य गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो । प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभाबाट पारित गर्ने र प्रदेश सभाको बैठक अन्त्य गर्ने तयारी गरिएको बताइएको छ । 
 



Author

थप समाचार
x