सुदूरपश्चिम

सेती प्रादेशिक अस्पताललाई दुई सय शय्याको बनाइने

इकागज |
साउन २४, २०७९ मगलवार १८:३६ बजे

कैलाली- प्रदेशको एक मात्र प्रादेशिक अस्पताल सेती प्रादेशिक अस्पताललाई दुई सय शय्याको बनाइने भएको छ । 

अस्पतालको स्तरोन्नति गर्ने सम्बन्धमा आज निर्णय भएको छ । मंगलबार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले जानकारी दिए ।


हाल सेती प्रादेशिक अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको छ । 

आज बसेको बैठकले ३ सय शय्यामा स्तरोन्नतिका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउने निर्णय समेत भएको मन्त्री बोहराले जानकारी दिए ।


Author

थप समाचार
x