सुदूरपश्चिम

थारु समुदायले धुमधामसँग मनाए गुरही पर्व

इकागज |
साउन १७, २०७९ मंगलबार २०:१८ बजे

कैलाली- थारु समुदायले मंगलबार गुरही पर्व धुमधामसँग मनाएका छन् । धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोड स्थित गुरही चौकमा भव्यतापूर्वक थारु समुदायले गुरही पर्व मनाइएका हुन् ।

गुरही पुर्खौंदेखि मनाइँदै आएको सखी सञ्जाल कैलालीका पूर्व अध्यक्ष इन्दु चौधरीले बताइन् । ‘यो हाम्रो मौलिक पर्व हो,’ उनले भनिन्,‘गाउँको पश्चिमतिर रहेको चौक वा चउरमा गुरही फालेर पर्व मनाउनु पर्छ भन्ने मान्यता रहीआएको छ ।’ 


खास गरेर पश्चिमका थारु समुदायले यो पर्वलाई उल्लासपूर्वक मनाउने गरेका छन् । यस समुदायका जानकार व्यक्तिहरुका अनुसार गुरही मुलतः बालबालिका र कृषिसँग जोडिएको पर्व हो । यो पर्व मनाएमा बालबालिकालाई रोगव्याधी नलाग्ने जनविश्वास रहेको छ । यसैगरी, कृषि बालीमा कीराको प्रकोप नहुने जनविश्वास रही आएको छ ।


Author

थप समाचार
x